SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१९ गते
    ७२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा लेखनाथमा जारी माछापुछे« क्रिकेट लिग अन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र विजयी भएका छन् । पोखरा फिनिक्सले आर.के. भिक्टोरियनलाई ६ विकेटले तथा इस्लामिक कङ्कर्सले कुस्मा वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।

    शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको आर.के. भिक्टोरियनले ८ विकेटको क्षतिमा ९४ रनको योगफल तयार पारेको थियो । उसका लागि निजामुदिन शेखले १९ बलमा अविजित २५ रन हाने । सफल श्रेष्ठले २८ बलमा २४ रन जोडे । पोखरा फिनिक्सका बलर सिब्रिन श्रेष्ठ र सुदर्शन कुँवर दुवै जनाले २÷२ विकेट लिए ।

    जितका लागि ९५ रन पछ्याएको इस्लामिकले ८.४ ओभरमा ४ विकेट गुमाउँदै विजय प्राप्त गर्यो । इस्लामिकको तर्फबाट प्लेयर अफ द म्याच मनोज कोइरालाले बिस्फोटक ब्याटिङ गर्दै १७ बलमा ४६ रन हाने । उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै विनोद नेपालीले १२ बलमा अविजित १७ रन, सिब्रिन श्रेष्ठले १२ बलमा १६ रन तथा अमृत लामिछानेले ५ बलमा १४ रन जोडे । भिक्टोरियनका बलर एलिक श्रेष्ठले २ विकेट लिए ।

    दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कुस्मा वारियर्सले १६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८० रन जोडेको थियो । कुस्माका लागि धिरज अधिकारीले १६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन् । उसले ३६ अतिरिक्त रन पाएको थियो । इस्लामिकका बलर रोशन कंडेल र पुस्कर पौडेलले ३÷३ विकेट लिए ।

    जितका लागि ८१ रनको लक्ष्य पाएको इस्लामिकले १६.२ ओभरमा ८ विकेट गुमाएर जित हासिल गर्यो । इस्लामिकका लागि प्लेयर अफ म्याच रोशन कँडेलले अविजित २९ तथा विजय विकले अविजित १९ रनको योगदान दिए । कुस्मा वारियरका समिर भुजेल र विकास क्षेत्रीले ३÷३ विकेट लिए । खेलाडीहरुले देशमा हालै आएको बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौन धारणा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं