SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/३० गते
    १७० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । विशेष अदालतले ढुंगा बालुवा उत्खनन र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनालाई सफाइ दिएको छ ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितहरुलाई सफाइ दिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जेठमा ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको भन्दै मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहित १४ जनाविरुद्ध भ्रष्टारमुद्दा दायर गरेको थियो ।

    अख्तियारले ८ जना कर्मचारी, ७ जना खानी सञ्चालक र ७ वटा कम्पनीविरुद्ध पनि मुद्दा चलाएको थियो । अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको र भ्याट नउठाएको भन्दै एक अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो । अख्तियारले पाँच वर्षयता निरन्तर भ्रष्टाचार भएको भन्दै उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले पाँचवटै मुद्दामा आरोपितहरुले सफाइ पाउने फैसला गरेको विशेष अदालतका एक अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्जुनचौपारीका तत्कालीन अध्यक्ष सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    राम बहादुर रोकाहा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष, प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध...

    संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन...

    किसानलाई संरक्षण गर्न दमौलीमा महोत्सव

    तनहुँ। लागत मुूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मूख्य उद्धेश्यले तनहुँको सदरमुकाम दमौलीमा...

    नेपाल तारा माविले उचाल्यो बिहादीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा सञ्चालीत राष्ट्रपति रनिङ शिल्डको उपाधि विहादी ३ रानीपानी स्थित नेपाल...

    कुश्मामा पर्यटन तथा सडक महोत्सव शुरु,उद्योग तथा पर्यटन मन्त्री बस्याल द्धरा उद्घाटन

    पर्वत । अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं