SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/११ गते
    १३१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ । उनका अनुसार चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको छ ।

    ‘आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्कोको विवरणलाई हेरेर १४ वटा शवको लगभव पहिचान गरिएको छौं,’ डा. चौधरीले अनलाइनखबरसँग भने, ‘बाँकी ४ वटा शवको डेन्टल एक्जामिनेसनमा रिर्पोट पोजेटिभ आज शव आफन्तलाई बुझाउँछौं ।’ सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

    पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका फोरिन्सिक विशेषज्ञ लगायतका २५ जना खटिएको उनले जानकारी दिए ।

    उनका अनुसार प्रहरी वा आफन्तले देखेको भरमा सनाखत गर्दा शव फरक पर्न सक्ने ठूलो जोखिम हुन्छ । ‘के–आधारमा यो व्यक्ति भनियो भन्ने वैज्ञानिक आधार स्पष्ट भएपछि मात्र आफन्तलाई शव जिम्मा लगाउँछौं’, डा. चौधरीले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रशासनिक जटिलताबाट उत्कृष्टतातर्फ: नेपालको शिक्षा सुधारका लागि एक आह्वान

    एन डि लामा परिचय: संकटमा शिक्षा प्रणाली नेपालको शिक्षा प्रणाली लामो समयदेखि माध्यमिक शिक्षा परीक्षा...

    विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण

    पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८...

    कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै

    पर्वत । कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु...

    जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं