SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/८ गते
    १४५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुश्मा नगरपालिका वडा नं १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक बालक नदिले बगाएर बेपत्ता भएका छन् ।

    बागलुङको निसिखोला गाउँपालिका वडा नं १ लेवाङ सात्ले घर भई आफन्तलाई भेट्न पर्वतको कुश्मा नगरपालिका वडा नं। १ सहस्रधारामा आएका जीत बहादुर पुनका छोरा १४ वर्षिय सन्तु पुन वेपत्ता भएका हुन् ।

    सोमवार दिउँसो साढे १ बजेको समयमा तीन जना साथी मिलेर पौडिन गएकोमा सन्तुलाई कालीगण्डकीले बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनिसँगै पौडिन गएका १३ वर्षिय अर्जुन पुन र १४ वर्षिय वेद घर्ति मगर भने सकुसल फर्किएका छन् ।

    अर्जुन र वेदले सन्तुलाई कालीगण्डकीले बगाएको खबर गरेलगत्तै पुगेको प्रहरीको टोलीले खोजी कार्य तीब्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक भुवन बरामले जानकारी दिनुभयो । उर्लिदो भेलमा पौडिएर कालीगण्डकी नदि तर्न खोज्दा बगाएको हुनसक्ने अनुमान छ ।

    तीनै जना युवा एक साता अघि अर्जुन पुनका आफन्तलाई भेट्नका लागि सहस्रधारामा आएका थिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक बरामले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं