SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/२७ गते
    १५९ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पौडेल, पोखरा। सामजिक क्षेत्रमा कृयाशिल संस्था इनर ह्विल क्लब अफ पोखरा ५७७० को १५ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

    पोखरामा आयेजित एक कार्यक्रमका बीच पदस्थापन सम्पन्न भएको क्लबले जनाएको हो । कार्यक्रममा नवनिर्वाचित क्लबकी अध्यक्ष रेनु श्रेष्ठलाई पदस्थापन गराइएको छ । उनलाई क्लबकी निवर्तमान अध्यक्ष सरिता शर्माले पदस्थापना गराएकी हुन् ।

    क्लबकी नवनिर्वाचत अध्यक्ष श्रेष्ठले क्लबले अघि सारेका योजनाहरु पुरा गर्न नवनिर्वाचित कार्यसमितिले योजनाबद्ध रुपमा कार्य गर्ने बताउँदै आफूले प्राप्त गरेको यो अवसरलाई अवसरको रुपमा मात्रै नलिई महिला र बालबालिकाको अधिकार संगै उनीहरुको सेवामा आफ्नो कृयाशिलता बढाउने प्रतिवद्धता जाहेर गरिन् ।

    उनले समाज संग जोडिएको प्रमुख विषय शिक्षा र स्वास्थको क्षेत्रमा समेत क्लबले कार्यक्रमहरु अघि सार्ने जनाउँदै क्लबका सदस्यहरुको क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरु समेत योजना अनुरुप तय गरिने अध्यक्ष श्रेष्ठले बताइन् ।

    इनर ह्विल डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष आशा श्रेष्ठको प्रमुख आतिथ्यता रहेको पदस्थापना कार्यक्रममा क्लबकी निवर्तमान अध्यक्ष शर्माले आफ्नो कार्यकालमा सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै सामाजिक सेवामा समर्पित क्लबले अघि सारेका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्न नव निर्वाचित कार्यसमिति सफल हुने विश्वास व्यक्त गरिन् ।

    पदस्थापना कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष एवं पदाधिकारीहरुको सहभागिता रहेको संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं