SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/२२ गते
    ३४४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा दुई जना युवा बेपत्ता भएका छन्। कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याका अनुसार बेपत्ता हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का तुलसीराम पौडेल रहेका छन्। उनीहरू बेपत्ता भएपछि स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरेको भए पनि वर्षा नरोकिएका कारण उद्धारका लागि घटनास्थलमा जान नसकिएको उनले बताए।

    उक्त स्थानमा थप पहिरो आउन सक्ने जोखिम देखिएको र उद्धारकै क्रममा थप पहिरो झरेमा थप मानवीय क्षति हुने अवस्था रहेकोले तत्कालका लागि उद्धारकर्ताहरूको सुरक्षालाई ध्यानमा राखिएको वडाध्यक्ष पाध्याले बताए। पहिरोमा परेर झलक पौडेलको घरमा पालिएका दुई वटा भैँसी, एउटा गोरु र चार वटा बाख्रा पनि पुरिएका छन्।

    शुक्रवारदेखि अविरल रूपमा भइरहेको वर्षाले झलकको घर नजिकै रहेको गोठमाथिको पाखो गलेको जस्तो देखिएको थियो। गोठमा पहिरो आउन सक्ने सम्भावना देखेर गोठमा रहेका चौपाया निकाल्न गएकै बेलामा पहिरो आएको पनि वडाध्यक्ष पाध्याले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं