SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/१९ गते
    २०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

    ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेती विरुद्ध बचत रकम हिनामिना जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि बचतकर्ताहरूले उजुरी हालेका छन् ।पक्राउ पुर्जी जारी रहेकाले उनीहरू पनि हाल फरार छन् ।

    नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाइएको थियो ।

    उप्रेतीको नेतृत्वमा सहकारी संस्थामा समस्या आएकाले पार्टीको सचिवालयले उनलाई जिम्मेवारीबाट हटाएको नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागले जनाएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रशासनिक जटिलताबाट उत्कृष्टतातर्फ: नेपालको शिक्षा सुधारका लागि एक आह्वान

    एन डि लामा परिचय: संकटमा शिक्षा प्रणाली नेपालको शिक्षा प्रणाली लामो समयदेखि माध्यमिक शिक्षा परीक्षा...

    विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण

    पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८...

    कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै

    पर्वत । कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु...

    जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं