SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/१० गते
    ३६३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि कुल ५८ करोड ४९ लाख ८८ हजार ५० रुपैंयाको बजेट सार्वजनिक गरेको गरेको छ । गाउँ सभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

    गाउँपालिका उपाध्यक्ष लामिछानेले प्रस्तुत गरेको बजेटमा ससर्त अनुदान, समपुकर अनुदान तथा विशेष अनुदान बाहेक २४ करोड ७३ लाख ६८ हजार ५ सय ५० रुपैया गाउँपालिकाले परिचालन गर्ने खर्च रहेको छ । उक्त खर्च मध्ये ८ करोड ४९ लाख ४४ हजार रुर्पंया चालु खर्च तर्फ र १६ करोड २४ लाख २४ हजार ५ सय ५० रुपैंया पुँजीगत खर्च तर्फ रहेको छ । लामिछानेले प्रस्तुत गरेको बजेट अगामी गाउँ सभाले छलफल सहित पारित गर्नेछ ।

    यस अघि गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले प्रस्तुत गरेको नीति, कार्यक्रम भने गाउँ सभाले पारित गरेको छ । गाउँ सभामा अध्यक्ष शर्माले सम्बृद्ध गाउँपालिका बनाउने गरी नीति निर्माण गरिने उल्लेख गरेकी छिन् ।

    उनले गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँ पालिका भित्र पशु पालन, कृषि र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेकी छिन् । गाउँपालिका स्तरीय स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै गुणस्तरीय शिक्षाको क्षेत्रमा समेत गाउँपालिकाले विशेष कार्यक्रमहरु सञ्चालन गर्ने शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

    लेखनाथ । पुष १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो...

    पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

    पोखरा । पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं