SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/८ गते
    १७० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रवार सम्पन्न पैंयू गाउँसभाको १४ औँ अधिवेशनले आगामी आर्थिक वर्ष ०८१र८२ का लागि रु।४१ करोड २ लाख ४० हजार ८ सय बराबरको बजेट पारित गरेको हो ।
    गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले प्रस्तुत गरेको बजेटमा चालु खर्च ७६ दशमलब १४ प्रतिशत र पुँजीगत खर्च २३ दशमलब ८६ प्रतिशत बिनीयोजन गरिएको छ ।

    प्रस्तुत गरिएको बजेटमा आयतर्फ समानीकरण अनुदान रु।८ करोड ८ लाख, सशर्त अनुदानतर्फ रु।२१ करोड ५८ लाख ९५ हजार, समपूरक अनुदानतर्फ रु।६० लाख र राजश्व बाँडफाँड तर्फ रु।६ करोड ५८ लाख ९९ हजार ९ सय ९९ रहेको छ ।

    प्रदेश समानीकरण अनुदानतर्फ रु।९६ लाख ८२ हजार, विशेष अनुदानतर्फ रु।४० लाख, समपुरक अनुदानतर्फ रु।६० लाख र राजश्व बाँडफाँड तर्फ रु।२९ लाख ३६ हजार रहेको छ भने आन्तरिक आम्दानीतर्फ रु।५७ लाख ५० हजार र चालु वर्षमा रहने अनुमानित मौज्दाततर्फ रु।१ करोड ३२ लाख ७७ हजार ८ सय १ रहेको छ ।

    उपाध्यक्ष रानाले गाउँपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि जम्मा चालु तर्फ रु ३१ करोड २३ लाख ६४ हजार ८ सय र पूँजीगत तर्फ रु।९ करोड ७८ लाख ७६ हजार बजेट बिनीयोजन गरेको जानकारी दिनुभयो ।पैंयुँ गाउँपालिकाले गत आर्थिक वर्षमा रु. ४१ करोड७२ लाख ४२ हजार ७ सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको थियो ।

    आधुनिक कृषि प्रविधि, पर्यटन र पुर्वाधार, पैंयुँवासीको समृद्धिको आधार भन्ने मुल मर्मका साथ सार्वजनिक गरिएको बजेटमा शिक्षा, कृषि, स्वास्थ्य,सडक लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । आगामी वर्ष कृषितर्फ एक करोड १० लाख ६० हजार बिनीयोजन गरिएको छ भने स्वास्थ्य सेवाका लागि ७४ लाख ९७ हजार, शिक्षाका लागि १ करोड ९४ लाख २८ हजार, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका लागि १५ लाख ३० हजार बिनीयोजन गरिएको छ ।

    पुर्वाधार विकास तथा गाउँपालिका स्तरीय कार्यक्रमका लागि ४ करोड ७ लाख ३० हजार र वडा कार्यालय तर्फ तीन करोड १५ लाख बिनीयोजन गरिएको छ ।

    यस अघि गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले प्रस्तुत गर्नुभएको थियो । उहाँले नीति तथा कार्यक्रममा समग्र पैयुँ गाउँपालिकाको समृद्धिका खाकाहरु प्रस्तुत गर्दैै आन्तरिक, प्रदेश तथा संघ सरकारसँगको समन्वय र सहकार्यमा नागरिकका चाहना पुरा गर्न निरन्तर लागिरहने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं