SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/५ गते
    १३१ &#२३४६;&#२३३५;&#२३२५;

    बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा नर्सिङ विषयको पढाई हुने भएको छ । अस्पतालमा एसईई उत्तिर्णपछि तीन वर्षे नर्सिङ पढाइ हुने भएको हो ।

    अस्पतालमा आगामी आर्थिक वर्षदेखि गर्भवती, सुत्केरी र शिशुको स्याहार सम्बन्धी तीन वर्षे मिडवाईफ नर्सिङ कोर्षको पढाइ हुने गरी गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाएको छ ।

    प्रदेश मातहतका अस्पताल तथा वर्थिङ सेन्टरमा तालिम प्राप्त मिडवाइफमार्फत सेवा प्रवाहको सुनिश्चतताका लागि आगामी वर्षदेखि प्रविणता प्रमाणपत्र तहको ‘मिडवाईफरी शैक्षिक कार्यक्रम’ सुरु गरिने धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले बताए ।

    अस्पतलमा प्रदेश सरकारले स्वास्थ्य सेवाका लागि ठूलो लगानी गरिरहेको छ । दुई सय शैयामा स्तरोन्नतिको चरणमा रहेको अस्पतालमा प्रदेश सरकारले हालै मात्र सिटिस्क्यान सेवा सञ्चालनमा ल्याएको उनले बताए ।

    गर्भवती महिला, सुत्केरी तथा शिशु स्याहारसम्बन्धी पढाइका लागि प्रदेशको बजेट तथा कार्यक्रममा समावेश गरिएकाले आगामी आवदेखि पढाइ सञ्चालनको तयारी भइरहेको डा. प्रधानले जानकारी दिए ।

    अस्पताललाई ५० शैयाबाट स्तरोन्नति गरी दुई सय शैयाको उपप्रादेशिक अस्पताल बनाउन प्रदेश सरकारले पूर्वाधार र उपकरणमा लगानी गरेपनि दुई सय शैयाको अस्पताल कार्यान्वयमा आउन नसकेको डा. प्रधानले बताए । गण्डकी सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बजेट ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

    लेखनाथ । पुष १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो...

    पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

    पोखरा । पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं