SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/४ गते
    १६४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट – २०८१ भोलि असार ५ गते बाट पोखराको शान्तिबन बाटिकामा शुरु हुँदै छ।

    उक्त एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक क्रियाकलाप का साथ कार्यक्रम सन्चालन हुनेछ। कार्यक्रममा बालबालिका तथा युवा हरुलाई शारीरिक, मानसिक रुपले प्रयोगात्मक सीप सहित बिभिन्न बिपदका घडीहरुमा उद्दार कार्यमा डर सङसङै होस गुमाउनु हुदैन भन्ने ध्ययेका साथ उद्दारमा सक्षम बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेस प्रमुख आयुक्त सागर पौडेलले बताउनु भयो।

    कार्यक्रममा गण्डकी प्रदेश भरी स्काउटबाट तिन हजार बिद्यार्थीहरु र अन्य विध्यार्थीहरु गरि ५ हजार देखि ७ हजार विध्यार्थीहरु सहभागिता हुनेछ ।

    कार्यक्रम गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङले उद्घाटन गर्नु हुनेछ। कार्यक्रममा ओमेगा जम्प, सुपरम्यान जम्प, रिभर क्रसिङ, टायर जम्पिङ, रक क्लाईम्बिङ, मङ्ग्की बृज, प्यारा जम्प, नेट क्रसिङ, हर्ष राईडिङ, टार्जन जम्प, आर्चरी लगायतका विभिन्न २५ वटा साहसिक कृयाकलापहरु सन्चालन हुनेछन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं