SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/३ गते
    २२८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभामा अध्यक्ष परविन गुरुङले प्रस्तुत गरेको आगामी बर्षको नीति तथा कार्यक्रम सर्वहमत पारित भएको हो । गाउँ सभामा अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विहादी गाउँपालिका भित्रका युवाहरुलाई रोजगरा दिने गरी ग्रामीण स्वालम्बन कार्यक्रमको घोषणा गरेका छन् ।

    आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि अध्यक्ष गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिइएको छ । ग्रामीण विद्युतीकरणको क्षमता अभिबृद्धि गर्दै सडक बत्तिको परिकल्पना नीति तथा कार्यक्रममा गरिएको छ ।

    भूमि वैंकको अवधारणलाई अगाढि बढाउने घोषणा गर्दै अध्यक्ष गुरुङले श्रम वैंकको अवधारणालाई कार्यान्वयन गरिने उल्लेख गरेका छन् ।

    नीति तथा कार्यक्रममा अध्यक्ष गुरुङले उत्पादन तथा काममा आधारित अनुदान कार्यक्रमलाई अघि सार्दै श्रमिसंग गाउँपालिका अध्यक्ष कार्यक्रम आयोजना गरी सुचिकृत बेरोजगारीको गुनासो सुनुवाई कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

    स्थानीयबासीको स्वास्थ्यलाई लक्षित गरी आँखा उपचार केन्द्रको स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेखछ । प्रसुती महिलाहरुको स्वास्थलाई ख्याल गर्दै ग्रामीण अल्ट्रा साउण्ड सेवा कार्यक्रमलाई विस्तार गरिने उल्लेख गर्दै अध्यक्ष गुरुङले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीको नतिजा सन्तोषजनक नभएमा विषयगत शिक्षाको आन्तरीक सरुवा हुने नीति अगाडि सारेका छन् । २० युनिटसम्मको शुल्क निशुल्क गरिने अवधारणा अगाडि बढाउने तथा जिर्ण पोलहरुको मर्मत ब्यवस्थापनको लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    कृषि भूमिमा पानी सिंचाईमा लगानी कार्यक्रमका लागि संघीय सरकारसंगको समन्वयमा ४ करोडको लगानीमा बृहत सिंचाईका पूर्वाधार निर्माण गरिने र डिप बोरिङ आयोजना प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    एक टोल एक चौतारी कार्यक्रम सञ्चालन गर्दै जलवायू परिर्वतन सम्बन्धि कार्यक्रम सञ्चालन गाउँपालिकाले सञ्चालन गर्ने भएको छ । समुन्नत विहादी सम्मानीत बिहादीबासीको नारा गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं