SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/३ गते
    ११८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य सदस्य राजेश गुरुङले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जान लागेको गण्डकी प्रदेशको टिमलाई आइतबार विहान पोखरा रंगशालाबाट शुभकामना दिदैं विदाइ गरेका छन् ।

    उनले खेलाडिहरुलाई स्वर्ण पदक ल्याउन कोशिष गर्न आग्रह गर्दै अनुशासनलाई पहिलो प्राथमिकता दिदैं हौसला स्वरुम प्रतियोगिताबाट घर फर्किने समयमा मनकामना मन्दिर दर्शनको लागि केबलकारको टिकट आफुले उपलब्ध गराउने वताए ।

    यहि असार ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने उक्त प्रतियोतिमा गण्डकी प्रदेशसहित कोशी, वाग्मती, सुदुरपश्चिम गरी ४ प्रदेश र नेपाल आर्मी र सशस्त्र प्रहरीको विभागिय टिम गरी जम्मा ६ समुहका विच प्रतिस्पर्धा हुने छ ।

    महिला र पुरुष, सिंगल र समुहमा फोयल, स्यावल र एपे गरी ३ विधामा १२ स्वर्ण पदकको लागि हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशबाट १० महिला र १२ पुरुष खेलाडि सहभागि भएका मुख्य प्रशिक्षक सन्दिप वरालले वताए ।

    खेलाडीको साथमा गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाही र कार्यसमिति सदय शिव शर्मा तथा कास्की जिल्ला फेन्सिङ संघ अध्यक्ष अमृत पोखरेलको सहभागिता रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं