SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/३१ गते
    १५६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले बताउनु भयो ।

    छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो सेमिफाइनल खेलमा बागमती प्रदेश र कोशी प्रदेश बिच खेल हुने भएको हो । उक्त खेल पुन समाज पोखराको बास्केटवल कोर्टमा हुने भएको छ ।

    त्यसै गरी छात्र तर्फको खेलमा गण्डकी र मधेश प्रदेश बिच पहिलो खेल हुने भएको छ । त्यसै गरी दोश्रोमा बागमतीले कोशी प्रदेशसंग फाइनल यात्राको लागि भिड्ने भएको हो । उक्त खेल सहित फाइनल खेल पोखरा रंगशालाको बास्केटवल कोर्टमा हुने भएको बास्केटवल संघ गण्डकीका महासचिव बिष्णु गुरुङले बताउनु भयो ।

    छात्र तर्फ आज भएको लिग चरणको खेलमा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २५–७ को स्कोरले पराजित गर्यो । अर्को खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई २४–१८ को स्कोरले पन्छायो । बागमती प्रदेशले मधेश प्रदेशलाई ३५–२३ को स्कोरले पराजित गर्दा अर्काे खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १९–१० को स्कोरले पराजित गर्यो ।

    त्यसै गरी छात्रा तर्फको आज भएको लिग चरणको खेलमा गण्डकीले कोशी प्रदेशलाई ११–२ को स्कोरले पराजित गर्यो । अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई २६–१८ को स्कोरले पराजित गर्यो । अर्काे खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १०–४ को स्कोरले पराजित गर्यो ।

    उक्त प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम बाहेक ६ प्रदेश र छात्र तर्फ भने ७ वटै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं