SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/३० गते
    १२३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । सिसिटिभि क्यामेरा जोभिजन ब्राण्डका पदाधिकारी र लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका पदाधिकारी बिच अन्तरक्रिया सम्पन्न भएको छ । पोखरा रहेका सिसिटिभी क्यामेरा बिक्रेताहरुद्धारा गठन भएको लायन्स क्लबका पदाधिकारी र भर्खर बजारमा आएको सिसिटिभी क्यामेरा जोभिजन ब्राण्डका ब्यवसाय बिकास ब्यवस्थापक आशुुतोष श्रेष्ठ र जोभिजनका आधिकारीक बिक्रेता एस एचटीसि प्रालिका बिभाग प्रमुख अभिजीत विश्वास बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त अन्तरक्रिया कार्यक्रममा वोल्दै जोभिजन ब्राण्डका ब्यवसाय बिकास ब्यवस्थापक आशुतोष श्रेष्ठले पोखरामा रहेका सिसिटिभीका बिक्रेताहरुको सहकार्यको प्रशंसा गरे । आजकल बजारमा झोले ब्यापारीहरुका कारण सिसिटिभी ब्यापारमा नकारात्मक असर पारिरहेको सन्दर्भमा पोखरामा रहेका सिसिटिभी बिक्रेताहरु संगठित भएर लायन्स क्लब गठन गरी आफ्नो ब्यापार व्यवसायलाई समेत सांगठनिक रुपमा अगाडी बढाएकोमो श्रेष्ठले लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीमा आवद्ध सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।

    आफुहरुले बजारमा नया ब्राण्ड जो भिजन ल्याएको र त्यसको प्रचार प्रसारका लागि पोखरामा आएर बिक्रेताहरु संग भेटघाट गर्न पाउदा खुसी लागेको वताउदै आफ्नो नयाँ ब्राण्डलाई समेत पोखरामा बिस्तारका लागि पोखरेली बिक्रेताहरु समक्ष उनले आग्रह समेत गरे ।

    त्यस्तै जोभिजनका आधिकारीक बिक्रेता एस एचटीसि प्रालिका बिभाग प्रमुख अभिजीत विश्वासले जो भिजनले पोखरामा डिलरलाई मात्र आफुहरुले जोभिजनको सामाग्री उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे । पछिल्लो समय बजारमा डिलर संगै अन्य ब्यापारीहरुलाई अधिकृत बिक्रेताहरुले सामाग्रीहरु उपलक्ध गराउदा बजारमा अधिकृत डिलरहरु समक्ष ग्राहक पुुग्न नसकेको र साना ब्यापारीहरुका कारण ब्राण्डमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले आफुहरुले अधिकृत डिलर मार्फतनै आफुहरुको ब्राण्ड बिक्री वितरण गर्ने वताए ।

    लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका जोन चियर पर्सन मातृका पोखरेलले ग्राहकहरुलाई सिसिटिभी क्यामरा जडान गर्दा लोकल सामाग्री भन्दापनि ब्राण्डका सामाग्री उपलब्ध गराउन सके बिक्रेताहरुलाई सहज हुने वताए । अहिले बजारमा आफुहरुले कुनै ब्राण्डको डिलर लिएतापनि कुनै ब्यवशायीेले कम्पनीमा फोन गरेर सामान मगाएमा पठाउने प्रचलन बढेका कारण त्यसबाट ब्राण्ड लिने डिलरहरुलाई अफ्ठेरो पर्ने गरेको वताउदै जोभिजनलाई त्यसप्रति सचेत हुन आग्रह गरे ।

    त्यस्तै पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुदिप ओझाले पछिल्लो समय सिसिटिभी क्यामेराको बजारमा अस्वस्थ प्रतिस्पर्धा वढेका कारण ब्यवसायीहरु मिलेर जानुको विकल्प नरहेको वताए । व्यवशायीहरुले लोकल सामान भन्दापनि ब्राण्डलाई नै जोड दिनुपर्ने उनको भनाइ रहेको थियो । आयुषा इन्टरनेश्नलका सञ्चालक अनिल श्रेष्ठले व्यवसायीहरु बीच अस्वस्थ प्रतिस्पर्धा गर्नुभन्दा मिलेर ब्यवसाय गर्न सके सम्पूर्ण व्यवसायीलाई फाइदा हुने बताए । व्यवशायीहरु मिलेर काम गर्न सकेको खण्डमा कुनैपनि ब्राण्डले ब्यवसायीहरुलाई प्रतिस्प्रर्धामा उतार्न नसक्ने उनको भनाइ रहेको थियो ।

    लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीकाका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेनी कम्युनिकेशनका प्रवन्ध निर्देशक लक्षिण खत्री तथा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियोभने कार्यक्रमको सञ्चालन क्लवका उपाध्यक्ष तथा गोम्जा आइटी इन्जीनियरिङ प्रालिका सञ्चालक गोम्जा रावत तामाङले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं