SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/२८ गते
    १०१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा।  फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ । संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो । पोखराको पर्यटन प्रवद्र्धन  गर्नका लागि जेठ ३१ गने मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम
    गिरीले जानकारी दिए ।

    आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० टीमले सहभागिता जनाउने संस्थाका सचिव सचिव शिव जिसीले बताए । महिला र पुरुषको छुट्टाछुट्टै टिम रहने उनले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिममा ३ जना हुनु पर्नेछ । सहभागी हुने टिमले काठबाट बनेको डुंगाको प्रयोग गर्नु पर्नेछ ।

    सहभागी हुने एउटा टिमलाई ३ सय रुपैयाँ दर्ता शुल्क तोकिएको उनले बताए । प्रतियोगितामा स्वदेशी तथा विदेशी सबै खेलाडीले सहभागिता जनाउन पाउनेछन् । सहभागीको आफ्नो डुंगा नभए आयोजकले व्यवस्था गर्ने उनले बताए । प्रतियोगिामा पुरुष

    टीमले २१ सय मिटर र महिला टीमले १५ सय मिटरमा प्रतिस्पर्धा गर्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ३० हजार हजार र द्वितिय हुनेले २ तथा तृतिय हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने सचिव जिसीले जानकारी दिए । यस्तै महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि करिक २ लाख ४० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाईमा खर्च गरिने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

    लेखनाथ । पुष १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो...

    पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

    पोखरा । पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं