SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/२१ गते
    २१० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका वडा नं १३ मा स्थापना गरिएको काहुँखोला भाट समाजको १४ औं साधारण सभा तथा छैठौं अधिबेशनबाट श्रीराम रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

    समाजको उपाध्यक्षमा गोकुल रानाभाट, कोषाध्यक्षमा शारदा रानाभाट, सचिबमा सुजु रानाभाट, सहसचिबमा बिष्णु कुमारी रानाभाट र सदस्यहरुमा सृजना रानाभाट, महराज रानाभाट, रुकबिना रानाभाट, अमृता रानाभाट, सुर्य अधिकारी भाट, बिष्णु रानाभाट सर्ब सम्मत रुपमा चयन भएका छन् ।

    त्यसै गरी सल्लाहकारमा ज्यो. रुद्र रानाभाट, सु. भिम बहादुर रानाभाट, शान्ती रानाभाट, लेखनाथ रानाभाट, पितृराज रानाभाट, चन्द्रबहादुर रानाभाट र एकदेब रानाभाट सर्वसम्मत चयन भएका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि रानाभाट तथा भाट समाजका पुर्व केन्द्रिय उपाध्यक्ष तिलक रानाभाटले कार्यक्रमको उद्घाटन गर्दै समाजले अनुकरणीय कार्य गरेको बताए ।

    सो अबसरमा गण्डकी प्रदेश कोषाध्यक्ष ज्यो.रुद्र रानाभाट, कास्की जिल्ला अध्यक्ष सुर्यबहादुर रानाभाट, शान्ति रानाभाट, मिनबहादुर रानाभाट लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

    सोही अबसरमा समाजका अग्रज अभिभावकहरु बिद्धबहादुर रानाभाट र जयकृष्ण रानाभाट, समाजलाई विधिवत वनाउन तथा भवन निर्माणमा अध्यक्षको भूमिका निर्वाह गरेका पितृराज रानाभाट, संस्थापक अध्यक्ष शान्ति रानाभाट, आर्थिक सहयोगदाता मिनबहादुर रानाभाट र समाजसेवी चन्द्रबहादुर रानाभाटलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

    समाजका अध्यक्ष सु. भिमबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार चन्द्रबहादुर रानाभाटले स्वागत र सचिव सुर्यबहादुर रानाभाटले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं