SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/२० गते
    २२४ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,कृष्णनगर । उद्योग वाणिज्य संघ कृष्णनगरले आज राखेकाे अनाैपचरिक भेलामा आउंदाे एघारौं अधिवेसन सर्वसम्मत मै गर्ने वक्ताहरुले जाेड दिएका छन ।

    कृष्णनगर क्षेत्रका स्थानीय व्यापारी, जनप्रतिनिधि , समाजसेवीकाे अनौपचारिक भेलाले उद्योग वाणिज्य संघ कृष्णनगरकाे अधिवेसन सहमतिमा गर्ने जाेड दिएका हुन ।छलफलका क्रममा अधिकांश वक्ताले नया कार्यसमिति चयन सहमति मै गर्न सुझाव दिएका थिए ।

    देशको आर्थिक अवस्था स्थिर नरहेकाेले सटरभाडा समेत तिर्न नसकेकाे अवस्था देशै भरि रहेकाेले अनावश्यक खर्चबाट बच्न संघकाे कार्यसमिति चयन निर्वाचनमा जानुभन्दा भन्दा सहमति मै जांदा बेस हुने नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई थियाे । कार्यक्रममा बाेल्दै पुर्व सांसद शाहले व्यापारी वर्ग संघलाई राजनीतिकरण गर्नुभन्दा कृष्णनगर बजारलाई सजिव बनाउनेतिर लाग्नुपर्ने सुझाव दिएका थिए ।

    दुई बर्ष काेराेना लकडाउनका कारण पांच बर्षसम्म लम्बिएकाे वर्तमान कार्यसमितिले व्यापारीका हकहितमा वकालत गर्ने तथा बजार संरक्षणमा महत्त्वपूर्ण भुमिका खेलेकाे अध्यक्ष राम कुमार गुप्ताले बताउनुभयाे । उनले २०७६ काे अधिवेशनमा निर्वाचित भएपछि अहिलेसम्म भवन मर्मत , गल्ला व्यापारीकाे समस्या लगायत संघकाे निल खाता रहेकाेमा अहिले ५० लाखभन्दा माथि रकम जमा गरिएकाे छ। साे रकमलाई टेण्डरका माध्यमले भवनकाे विस्तृतिकरण गरिने अध्यक्ष गुप्ताले बताउनुभयाे । साथै उनले साधारणसभापछि नया कार्यसमिति चयन गर्न सर्वसहमति मै जान जाेड दिएका थिए ।

    केन्द्रीय सदस्य जमशेर अलि मियाँले संघकाे समिति चयन लाेकतान्त्रिक पद्धति अनुसार सहमति नहुनसके निर्वाचनमा जान सकिने बताउनुभयाे । उनले व्यापारीहरु बीच आपसी द्वन्द निम्ताउनुभन्दा सहमति मै कार्यसमिति चयन गरि कृष्णनगर बजारलाई उकास्न लाग्नु पर्ने आग्रह गरेका हुन ।

    कार्यक्रममा पुर्व अध्यक्ष गुरुशरण सिंह, विजय कनाेडिया , उद्योगी राजेन्द्र केडिया , शिवप्रसाद जयसवाल,पवन अग्रवाल, आशु कन्छल, अजित सिंह , अशिष अग्रवाल, असलम खान, तुफैल खां , रामसेवक यादव, सुशील श्रीवास्तव, दिनेशचन्द्र गुप्ता लगायतका व्यापारी भद्रभला बुद्धिजीवीकाे उपस्थित थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं