SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/१९ गते
    २५६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। नेशनल प्याव्सन कास्कीको आयोजनामा दोस्रो अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीवीच भएको प्रतियोगितामा छात्र र छात्रा तर्फ ४०÷४० जनाको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा छात्र तर्फ कास्की मोडनाइज्ड एकेडेमीका मितेश थापा प्रथम, सिद्धार्थ लवडेल वोर्डिङ स्कूलका पृथ्वीराज न्यौपाने द्धितीय, त्रिवेणी पब्लिक हाइयर सेकेण्डरी स्कूलका प्रमोद रानाभाट तृतीय र सिद्धिविनायक वोर्डिङ स्कूलका आयस रञ्जीत सान्त्वना भएका छन् ।

    त्यसैगरी छात्रा तर्फ त्रिवेणी पब्लिक हाइयर सेकेण्डरी स्कूलकी चाहान राई प्रथम, सिद्धिविनायक वोर्डिङ स्कूलकी सन्ध्या शर्मा द्धितीय, रत्नज्योति हाइयर सेकेण्डरी स्कूलकी श्यामसुधा पराजुली तृतीय र ज्ञान ज्योति विद्याकुञ्ज माविकी जेशिका गुरुङ सान्त्वना भएका थिए । विजयी विद्यार्थीलाई ट्रफि र प्रशंशा पत्र प्रदान गरिएको थियो ।

    प्रतियोगितामा सिनियर नेशल आर्विटर नरेन्द्र रानाभाट, सिनियर नेशनल आर्विटर शुक्र कुमार प्रधान, आर्विटर विनोद नाल्मी, सिनियर नेशनल आर्विटर महेश्वर अधिकारी, नेशनल आर्विटर किरण कुमार रञ्जीत, नेशनल आर्विटर सागर साइ र नेशल आर्विटर रामबहादुर क्षेत्रीले सहजिकरण गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीहरुको विभिन्न क्षमताको बौद्धिकता निखार्ने काम बुद्धिचाल प्रतियोगिताले गर्ने बताए ।

    एन प्याव्सनले गर्ने हरेक गतिविधि उत्कृष्टता रहेको बताउदै उनले यो प्रतियोगिताले विद्यार्थीको आत्माविश्वास, सिर्जनशिलता र धैर्य गर्ने शक्तिको विकास हुने उल्लेख गरे ।

    नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य तथा कार्यक्रम संयोजक शिवराज पौडेलले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं