SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/२८ गते
    १३१५ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, अमेरिका ।

    अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत कुश्माका २२ बर्षीय युवा अमन खान सकुशल भेटिएका छन् । उनी न्युजर्सीमा फेला परेको प्रहरीले उनी निकटका व्यक्तिलाई जानकारी दिएको थियो ।

    उनले आफू मेरिल्याण्डमा आइसकेपछि लुटिएको र लुटेराहरुले मोबाइल, झोला लगायतका सबै सामानहरु लुटेकाले कसैलाई सम्पर्क गर्न नपाएको बताएका छन् ।

    कसैको पनि नम्बर याद नभएकाले कसैलाई सम्पर्क गर्न नसकेको र पछि प्रहरीको सम्पर्कमा पुगेपछि एलियन नम्बर बताउँदा प्रहरीको त्यसको माध्यमबाट स्पोन्सरको सम्पर्क नम्बर फेला पारेपछि सम्पर्क हुन सकेको उनले जानकारी दिए ।

    आफू लुटिएपछि सार्वजनिक बसहरु चढ्दै र हिड्दै उनी न्युजर्सीको इष्ट विन्डसर पुगेको बताएका थिए । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडगाउँ शिवालयका २२ बर्षिय खान अप्रिल २७ शनिबारविहानदेखि सम्पर्कविहिन भएका थिए ।

    छोरा सम्पर्कविहीन भएपछि पर्वतको कुश्मामा रहेका अमनका बुवा अश्लम चिन्तित हुँदै खोजीका लागि सघाउन अमेरिकामा रहेको नेपाली समुदायलाई आग्रह गरेका थिए । त्यसपछि उनको मेरिल्याण्ड, वासिंटन डिसी लगायतका क्षेत्रमा खोजी गरिएको थियो । छोरा भेटिएपछि बुवाले सबैलाई खोजी कार्यमा सहयोग गरकोमा धन्यवाद भनेका छन् ।

    समाचार सहयोगी पुनम बसेल ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं