काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।
न्यायाधीहरु कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले रायमाझीलाई धरौटीमा रिहा गर्न अस्विकार गरेको हो । सर्वोच्चले यसअघिका जिल्ला र उच्च अदालतले गरेको आदेश सदर गरेको हो ।
यो प्रकरणमा उनका छोरा सन्दीप रायमाझी भने यसअघि नै धरौटीमा रिहा भैसकेका छन् ।