SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/६ गते
    १९८ &#२३४६;&#२३३५;&#२३२५;

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन बाँकी रहेका कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । बिहीबार प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा बसेको बैठकले कृति प्रकाशन गरिदिने निर्णय गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

    ‘कीर्तिशेष प्रकट पंगेनी शिवले साहित्यको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मुल्याकंन गर्दै उहाँले सृजना गर्नु भएको तर प्रकाशन नभएका कृतिहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने निर्णय गरियो’ सदस्य सचिव श्रेष्ठले भने ।

    यसका अलावा गण्डकी प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने गजल वाचन एवं प्रतियोगिता कीर्तिशेष प्रकटको जन्म जयन्तीको सन्दर्भ पारेर ‘गजलमा प्रकट’ शिर्षकमा सञ्चालन गर्ने निर्णय समेत गरेको उनले बताए ।

    गण्डकी प्रदेशको चिनारी गीतका सर्जक समेत रहेका प्रकटको निधनले गण्डकी प्रदेशको साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानले जनाएको छ । यस दुखःद घडीमा मृत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निर्णय बैठकले गरेको सदस्य सचिव श्रेष्ठले खुलाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं