SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/२ गते
    ३४१ &#२३४६;&#२३३५;&#२३२५;

    तत्कालीन सेन्चुरी बैंकका सीईओहरु मनोज न्यौपाने र तुलसी गौतम ।

    काठमाडौं । कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिर जमानीमा छुटेका छन् ।

    उनीहरुलाई हरेक दिन सीआईबी उपस्थित हुने गरी हाजिरी जमानतमा छाडिएको सीआईबीका एसपी होविन्द्र बोगटीले  बताए ।अनुसन्धानको कामहरु लगभग पूरा भइसकेको र बयान समेत सकिएको अवस्थामा उनीहरुलाई कागज गरेर बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको उनले बताए ।

    उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा जिल्ला अदालतबाट अनुमति लिएको थियो । सीआईबीले १५ फागुनमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

    उनीहरुले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो । यो धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको एसपी बोगटी बताउँछन् । हाल सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओका रुपमा कार्यरत थिए ।

    यस विषयमा प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं