SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२९ गते
    ४६३ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालीफोर्निया । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि  बिशेष गरी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको भावनासँग जोडिएको कार्यक्रम अप्रिल १३ र १४ गते हुने नेपाल परेड डे, अमेरिकामा हालसम्म कै ठुलो राशीको भलिवल प्रतियोगितालाई रुपमा सफल पार्न बिभिन्न समितिहरु चयन भएको गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री) ले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनु भएको छ ।

    हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि आयोजना भएको नेपाल परेड डेको अबसरमा हुने भलिवल प्रतियोगिता यसपाली थप रोचक बनेको छ । प्रतियोगिता पुरस्कार राशीको कारण झनै चर्चामा छ । जसको प्रथम पुरस्कार १२ हजार अमेरिकी डलर, मेडल र प्रमाणपत्र हुनेछ । त्यस्तै दोस्रो पुरस्कार ७ हजार डलर, तेस्रो पुरस्कार ५ हजार डलर र चौथो पुरस्कार २ हजार डलरको हुनेछ ।

    अमेरिका राज्य भरीका सबैलाई आमन्त्रण गरिएको प्रतियोगिता भएको कारण पनि सबैको चासोको बिषय भएको पनि अध्यक्ष बिष्णु केसि९खत्री०ले बताउनु भएको छ । उहाका अनुसार हालसम्म कार्यक्रम सफल पार्न झण्डै ३० हजार अमेरिकी डलर संकलन समेत भै सकेको छ ।

    यस्तै एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरि ओझाले हामी सबै व्यक्ति र समुदायका सदस्यहरूलाई यो मेगा इभेन्टमा संयुक्त राज्य अमेरिकामा रहेका नेपाली(अमेरिकी समुदायको प्रतिनिधित्व गर्न सहयोग गर्न अनुरोध गरी खबर गरेको बताउनु भएको छ ।

    ओझाका अनुसार खेल तथा नेपाल परेड डे को धेरै कुराहरु सफल भएको र केहि कामहरु मात्रै बाकि रहेकोले अब कार्यक्रमलाई भब्य बनाउने तयारीमा जुटेको बताउनु भयो । त्यहि अनुसार अब सबै साथीहरुको जिम्बेवारी बाडफाड गरि काममा लाग्ने तयारी छ ्र

    साथै नेपाल परेड डे को मुख्य आयोजक संस्था नै रहेको आदिबासी जनजाति महासंघ  क्यालिफोर्निया अध्यक्ष प्रकाश लामाले सबैको हातेमालो नै यो कार्यक्रमको सफलता भएको बताउनु भएको छ।

    लामाका अनुसार यो कार्यक्रम सबै नेपाली भाषी र संस्कृतीसँग जोडिएको कार्यक्रम भएकोले आफ्नै ठानेर सबैले हातेमालो गर्नु पर्ने समय आएको सुचनाकेन्द्र डटकमलाई बताउनु भयो ।

    त्यस्तै गैर आवासिय नेपाली संघ क्यालीफोर्निया च्याप्टर उपाध्यक्ष बासु बुढा क्षेत्रीले सबैको सहयोगले आफुहरुलाई निकै हौसला बढाएको बताउनु भएको छ । क्षेत्रीका अनुसार कार्यक्रमले अमेरिकामा रहेका सबै नेपालीहरुमा नयाँ उत्साहा थपेको समेत बताउनु भयो ।

    यस्तो बनेको छ कार्यक्रम सफल पार्नको लागि गरिएको कार्य बाडफाड

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं