SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२७ गते
    ३५३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । काठमाडौँको बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ गरिएको छ । बौद्धस्थित शेर्पा गुम्बा सङ जोडीको पहिलो र दोस्रो तल्लामा एक कार्यक्रमबिच वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले ओपनिङ भएको घोषणा गरेका हुन । दावा डुक्पा लामा र डिकी लामाले संयुक्त रुपमा उक्त रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन ।

    रेस्टुरेन्टमा नेपाली र चाइनिज खानाको परिकार उपलब्ध हुने र फोल्तोङको अर्थ ढिंडोलाई जनाउने डिकी लामाले बताइन । दावा डुक्पा लामा डेढ दशक भन्दा लामो समय भारतस्थित आइटिसी सेराटेन होट्लमा प्यानेसेन सेफको रुपमा कार्यरत थिए । आफ्नै देशमा व्यवसायमार्फत नेपाली र चाइनिज खानाको प्रवर्द्धन गर्ने हेतुले व्यवसाय सञ्चालनमा ल्याएको उनले बताए । रेस्टुरेन्ट ओपनिङ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । उनले स्वस्थकर र विशिष्ट स्वाद सहितको भोजनको व्यवस्था रहेको बताए ।

    कार्यक्रममा वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ, वरिष्ठ गायक प्रेम लोप्चन, गायक एंव गीतकार जीवन बोम्जन, वरिष्ठ गायक अमृत लामा, गायक बैरागी मोक्तान, मोडल एंव अभी लामा, मोडल अनिता गोले,गायिका सुस्स्मिता स्याङ्तान,गायक एंव एरेन्जर बिशाल योन्जन, गायक एंव एरेन्जर कुन्साङ दोर्जे लोप्चन, ‘मामा भन्जा’ सिरियलका कलाकार टिम, कलाकार एंव पुर्व नेपाली सेना हरिलाल तामाङ, गायक एंव माझी किङको रुपमा परिचित यमन माझी,तामाङ कलाकार संघका बरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा तामाङ, लगायतका कलाकार, विभिन्न संघसंस्थाका प्रतिनिधि,सामाजिक अभियान्ता,समाजसेवी एंव विशिष्ट व्यक्तीहरुको उपस्थित रहेको थियो । कार्यक्रमसंगै दावा डुक्पा लामाका छोरा कर्म वाङ्गेल लामाको वर्थडे सेलेब्रेसन पनि गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं