SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२२ गते
    १८१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग झण्डै दुई घण्टा छलफल गरेका छन् ।

    नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्ड सोमबार नै अध्यक्ष नेपालको निवास, कोटेश्वर पुगेका थिए । मंगलबार एमाले अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललाई समेत लिएर पुगे ।

    एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाउनु पर्नाका कारणबारे बताएका थिए । उनी र ओलीले अब सँगै जाउँ भनेर प्रस्ताव गरेका भूसालले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने नयाँ गठबन्धन गर्दा किन चार दल मात्र सहभागी भएको भन्ने प्रश्न गरेका थिए ।

    ‘प्रधानमन्त्रीले आफ्ना बाध्यताहरु बताउनुभयो’, महासचिव भूसालले भने, ‘सँगै जाऔं भन्ने प्रस्तावमा हामी सकारात्मक छौं । भोलि बैठक बसेर कसरी अगाडि जो भने छलफल गर्छौं ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं