SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२१ गते
    २९८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सोमबार नेपाल परिवार नियोजन संघ कास्कीको निरीक्षण गर्नुभएको छ । उहाँलाई संघका सभापति नवीन सिग्देल, शाखा प्रवन्धक नवराज तिवारी लगायतले स्वागत गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले संघको सेवा र समस्याका बारेमा जानकारी लिनुभएको छ । संघका विविध विषयका बारेमा प्रवन्धक तिवारीले जानकारी दिनुभएको थियो ।

    मन्त्री सिंखडाले मानवीय जीवनका आवश्यकतालाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले सरकार र संघ बीचको समन्वय बढाउनुपर्ने भन्दै सहजिकरणका लागि तयार रहेको उल्लेख गर्नुभयो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सरकार र समुदायसँग मिलेर नागरिकको हितमा संघले काम गर्न चाहेको उल्लेख गर्नुभयो ।

    संघले यौनजन्य संक्रमणको परामर्श तथा उपचार, एच.आई.भि परिक्षण तथा परामर्श, गर्भवती जाँच, सुरक्षित गर्भपतन सेवा, प्रजनन् स्वास्थ्य सम्बन्धी शिक्षा, सूचना तथा परामर्श सेवा, यौनिक तथा लैङ्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचार सेवा, पाठेघरको मुखको क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण तथा परामर्श, प्रयोगशाला सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं