पर्वत। नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिगमा डेब्यु गोल गरेकी छन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचिन् सावित्राकै गोलको सहयोगमा गुइनग्याम्पले लिलीलाई २–० ले हराएको छ । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन् ।
एन्टोनी स्टारोवाले ५६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै गुइगाम्पलाई खेलमा अग्रता दिलाएकी थिईन् भने वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २-० को जित सुनिश्चित गरेकी थिईन। गुइगाम्पका लागि सावित्राको यो पहिलो गोल हो भने सावित्राको कलब फ्रेन्च लिगमा १५ अंक सहित तालिकाको नवौं स्थानमा छ ।