SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/१२ गते
    ४२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी सञ्चालकहरुको सम्पत्ति बेचेर भएपनि बचतकर्तालाई पैसा फिर्ता दिने बताएका छन् । आज (शनिबार) सप्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका नाममा ठगी गर्नेहरुलाई सरकारले त्यसै नछाड्ने बताएका हुन् ।

    उनले अहिले सहकारी तीन प्रकारका रहेको उनले बताए । केही सहकारी अहिले पनि राम्रो तरिकाले सञ्चालन भइरहेको र केही भने आर्थिक मन्दीका कारण सबै बचतकर्ता एकै पटक बचत फिर्ता लिन जाँदा समस्यामा परेको उनको भनाइ छ । केही सहकारी सञ्चालकहरुले भने ठग्नकै लागि सहकारी दर्ता गराएको उनको दाबी छ । त्यस्ता सहकारीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

    ‘सहकारीको नाममा जनतालाई लुट्न, ठग्न सहकारी सञ्चालन गरेको सञ्चालकहरुले ठगी गरेका छन्, लुटेका छन् । तिनलाई कारबाही गरिन्छ । तिनका सम्पत्ति विक्रि गरेर बचतकर्तालाई फिर्ता दिईन्छ,’– उनले भने ।

    सहकारीको नियमनको लागि नियमक निकाय बचतकर्ता कर्जा सुरक्षण कोष गठन गर्ने निर्णय भएको उनले बताए । साथै, समस्याग्रत सहकारी व्यवस्थापन समितिले त्यस्ता सहकारीको सम्पत्ति विक्री गरेर दामासाही ढंगले बचतकर्तालाई फिर्ता गर्ने तयारी रहेको उनले बताए । बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं