SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/७ गते
    ३१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आएको बताएका छन् । आज (सोमबार) राजधानीमा आयोजित सहकारीसँग सम्बन्धित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाएको बताएका हुन् ।

    गरिब जनताको आर्थिक पक्षलाई उकास्ने विचार र संगठनहरु सहकारीको पक्षमा हुनुपर्नेमा पुँजीपतिहरुको हाबी भएको उनको दाबी छ । सहकारी खोलेर पहिला आफूलाई गाडी किन्ने, घर बनाउन थाल्ने लगायतका काम गर्दा सहकारी सुरु हुँदै टाट पल्टिन सुरु भइसकेको हुने उनले बताए । लगानी, सञ्चालन खर्चलगायतका विषयमा सहकारी सञ्चालकहरुले पूर्वतयारी गर्नुपर्ने बताए ।

    साथै, सहकारीलाई सहकारी नबनाएर नाफा कमाउने शोषणकारी बनाइएको उनको टिप्पणी छ । उनले अहिले सहकारी क्षेत्रलाई बदनाम बनाइएको बताए ।‘सहकारीलाई सहकारी नबनाएर नाफा कमाउने शोषणकारी बनाए । केही मान्छेले पैसा कमाए होला, सहकारी क्षेत्र बदनाम भएको छ,’– उनले भने ।

    सहकारी व्यक्तिमुखी नभएर सहकार्यमुखी र उत्थानमुखी हुनुपर्ने उनको भनाइ छ । स–सानो पुँजीको संकलन र त्यसको परिचालन अत्यन्त अनुशासित र नियमसँगत हुनुपर्ने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं