SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२८ गते
    २९१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले राजीनामा दिएकी छन् । राष्ट्रपति केटलिन नोभाकले टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।

    उनले सरकारी बालगृहका एक उपनिर्देशकको सजाय माफ गरिदिएकी थिइन् । ती उपनिर्देशक बच्चालाई यौन शोषण सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका थिए ।यौन शोषणका दोषीलाई समेत सजाय माफ गरिदिको भन्दै राष्ट्रपतिको आलोचना भएको थियो । विरोध प्रदर्शनमा उत्रिएकाहरुले राष्ट्रपतिको राजीनामा माग्दै आएका थिए ।

    राष्ट्रपति नोभाकले देशवासीलाई सम्बोधन गर्दै आफूबाट गल्ती भएको बताइन् । बीबीसीका अनुसार उनले आफ्नो निर्णयप्रति खेद व्यक्त गरिन् र पदबाट राजीनामा दिएको बताइन् । गत वर्ष अप्रिलमा पोप फ्रान्सिसको हंगेरी भ्रमणको क्रममा राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफी गरिदिएकी थिइन् ।

    सजाय माफ पाएका व्यक्तिहरुको नामावली गत हप्ता मात्र सार्वजनिक भएको थियो । नामावलीमा बुडापेष्ट नजिकको एक बालगृहका उपनिर्देशकका नाम पनि थियो, जसलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो । उनले यौन शोषणको आरोपको उजुरी फिर्ता लिन बालबालिकाहरुलाई दबाव दिएको आरोप थियो ।यौन शोषणको आरोपमा सो बालगृहका निर्देशकलाई भने आठ वर्षको जेल सजाय सुनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं