SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२५ गते
    ४९९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय, पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको काठमाडौं प्रहरीका एक अधिकृतले  बताए ।

    जोशीको घरमा नेचर हब इन्टरनेश्नल प्रा.लि.को कार्यालयसमेत सञ्चालित थियो । त्यहाँबाट पोखरास्थित सूर्यदर्शन सहकारीको सफ्टवेयरसहितका विवरण र अन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

    सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी भएको घटनामा संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी छ ।

    संस्थापक अध्यक्ष राई र पूर्वडीआईजी जोशी व्यवसायिक साझेदार समेत हुन् । अनुसन्धानका क्रममा, जोशीको घरमा सूर्यदर्शन सहकारीसँग सम्बन्धित विषयहरु भएको खुलेपछि उनको घरमा छापा मारिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।पूर्व डीआईजी जोशी अवकाशपछि नेटवर्किङ ब्यबसायको साझेदार बनेर जीवी राईको समूहमा पुगेका थिए । उनीहरुको समूहले सुरु गरेको ग्यालेक्सी टीभीमा सुरुवाती समयमा उनी उपाध्यक्ष थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं