SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२४ गते
    २६२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज बुधबार अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्दैछन् । अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्त रुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यही माघ २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम छ । पर्थमा रहँदा उनले अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

    परराष्ट्र मन्त्रालयका पर्थबाट मन्त्री साउद न्युजील्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन्। उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबीच दोस्रो परामर्श बैठक हुनेछ । मन्त्री साउद फागनु ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं