काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषीय ठहर भएका छन् ।घुससहित रङ्गेहात पक्राउ परेका नेपाललाई विशेष अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र छ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।
उनी २०७९ साउन २२ गते साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उपसचिव नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएका थिए ।