SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/१३ गते
    ६०७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कांग्रेसले आफूहरुमाथि एकपछि अर्को घात गर्दै आएको बताएका छन् । आज (शनिबार) गृह जिल्ला रोल्पामा पार्टीका जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै उपमहासचिव पुनले एकपछि अर्को घात भइरहेको अवस्थामा आफूहरु कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्ने मोडमा पुगेको बताएका हुन् । उनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा माओवादी नेतृ चम्पा कार्कीले हार्नुमा कांग्रेसका नेताहरु दोषी रहेका बताए । अब कांग्रेसले आफूहरुको विश्वास गुमाएको उनले बताए ।

    हरेक पटकका गठबन्धन र निर्वाचनमा कांग्रेसप्रति माओवादीहरु इमानदार बनेपनि कांग्रेसले बेइमानी गर्ने गरेको उनले बताए । उपमहासचिव पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको बताए ।

    ‘कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं । कांग्रेससँगको गठबन्धनले राजनीतिक रूपमा हामीलाई घाटा या नाफा के छ । हामी हरेक चुनावमा इमान्दारपूर्वक कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’ उनले भने ।

    दुई वर्षअघि पनि कोशीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण राउँदै यसअघि कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेपनि अब आफूहरुलाई त्यस्तो जवाफले मात्रै नहुने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं