SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/१३ गते
    ७८९ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोर्निया ।

    मन्जु श्री सम्वत २८६० औं सोनाम ल्होछार (नयाँ वर्ष्) को उपलक्षमा हरेक वर्ष हुँदै आएको सांस्कृतिक कार्यक्रम यस बर्ष पनि तामाङको अपरेशन सोसाईटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को वे एरियामा भब्यताका साथ सम्पन्न हुने भएको छ । यसको लागि नेपालबाट र अन्य स्थानहरुबाट कलाकारहरु आउने क्रम शुरु भएको छ ।

    यसै क्रममा नेपालका बहुप्रतिभावान गायम तथा सर्जक मिलन लामा पनि क्यालिफोर्निया आईपुगेको आयोजक संस्थाका अध्यक्ष सुरज पाख्रिनले बताउनु भएको छ । उहाका अनुसार यसपालीको कार्यक्रम निकै रमाईलो हुने छ । देश तथा परदेशबाट कलाकाहरु आईसक्नु भएको छ । कार्यक्रमको तयारी पनि लगभग अन्तिम चरण मै छ । उहाका अनुसार कार्यक्रमलाई City of Richmond का मेयर एडुआर्डो मार्टिनेजले उद्घाटन गर्नु हुनेछ ।

    जनवरी २७, २०२४ शनिबार का दिन Richmond सिटी को ठुलो र भब्य सिटी हल (City Hall) मा हुने यस पालिको ल्होछार सांस्कृतिक साझ्ंलाई सदा झै पारिवारिक बाताबरणमा सभ्य र भव्य बनाउन स्थानिय र राष्ट्रीय स्तरका कलाकारहरुले तयारी गरी रहेको संस्थाका अध्यक्ष पाख्रिनले बताउनु भएको छ ।

    ७/८ सय जनाको सहभागिता रहने यस बर्षको कार्यक्रममा टुङ्ना र डम्फुको ताल मा बिशेष प्रस्तुती टेक्सासबाट आउनु हुने गायक सर्जक छिरिङ तामाङ्, म्हेन्दो माया गायक हेम वाईबा, प्रसिद्ध सेलो गायिका शशिकला मोक्तान तथा लोका प्रिय गायक मिलन लामाको शान्दार प्रस्तुती रहने समेत अध्यक्ष पाख्रिनले बताउनु भयो ।

    दौतरीहरुको  साथमा मिठो खाना-पिना अनि ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, अनि च्याङ्वा अनि मैच्याङहरुको मस्का मस्की , सांस्कृतिक नृत्यहरु, अनि DJ DAWA FINZO को NON STOP DANCING NUMBERS तथा सेलो -बे एरिया पुरै नाच्ने छ ।

    यती ठुलो र भब्य कार्यक्रममा सबैलाई सहयोग गर्न समेत आयोजक संस्थाले नेपाली दाजुभाई दिदिबहिनिहरुलाई अनुरोध गरेको जनरल सेक्रेटरी ग्याल्पो योञ्जनले बताउनु भयो ।

    साथै गैर आवासिय नेपाली समाज अमेरिका पश्चिम अध्यक्ष बिष्णु केसी खत्रीले पनि कार्यक्रममा सबै नेपालीहरु साथ रहेकोले सबै भाषा भाषी नेपाली दाजुभाई दिदबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ ।

    सहयोग आउने क्रम जारी छ,  हालसम्म उहाहरु सहयोग गरिसक्नु भएको छ ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं