SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/१० गते
    ३३४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डका ३ ठाउँमा मोटरेवल पुल बन्ने भएका छन् । सडक खण्ड अन्तर्गत पर्वत खण्डको मोदी गाउँपालिकामा २ वटा र कुश्मा नगरपालिकामा १ वटा मोटरेवल पुल बन्ने भएको छ । आयोजना कार्यालय पर्वतका अनुसार जिल्लाको मोदी खोला, पातिखोला तथा सुन्दरे खोलामा मोटरेवल पुल निर्माणको कार्य हुन लागेको हो ।

    मोदीखोलामा डिमुवा स्थित मोटरेवल पुललाई विस्तार गरिनेछ । उक्त स्थानमा यस अघि नै निर्माण भएको सिंग्गल लेनको पुललाई विस्तार गरी पुल निर्माण गरिने भएको हो । यसैगरी पातिचौर स्थित पातिखोलामा पनि यस अघि निर्माण भएको पुललाई विस्तार गरिने आयोजना कार्यालयले जनाएको छ ।

    पुल नजिक वस्ती भएका कारण वस्ती ब्यवस्थापनको भने समस्या भएको कार्यालयका इन्जिनियर धिरोज ढकालले जानकारी दिए । यसैगरी कुश्मा नगरपालिका अन्तर्गत वडा न ८ चुवा स्थित सुन्दरेखोलामा पनि पुल निर्माण हुनेछ ।

    ३ वटै पुलहरु ठेक्का मार्फत सम्झौता भई डिजाइन स्टिमेटको चरणमा रहेको इन्जिनियर ढकालले जानकारी दिए ।
    यसै वीच तमादीखोलामा निर्माणधिन मोटरेवल पुलको भने ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं