SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/९ गते
    १०१० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ भन्दै ठमेल क्षेत्रमा हत्कडीसहित घुमाइएका गुण्डा नाइकेका रुपमा चिनिने सानुभाइ उर्फ युवराज गुरुङविरुद्ध फेरि प्रहरी कहाँ जाहेरी परेको छ ।शनिबार राति ठमेलस्थित छायाँ सेन्टरको पार्किङ लटमा गुरुङसहितको समूहले अर्को समूहलाई कुटपिट गरेको थियो । यो घटनालाई लिएर प्रहरी वृत्त, दरबारमार्गमा सानुभाइसहित ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको छ ।

    ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई १५ असारमा कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला प्रहरीले सानुभाइलाई हत्कडीसहित ठमेलमा घुमाएको थियो ।अहिलेको फेरि सानुभाइ फरार छन् भने उनको समूहका एक जना विश्व लामा पक्राउ परिसकेका छन् । काठमाडौं प्रहरीका एक अधिकृतले घटनामा संलग्नहरुको प्रहरीले खोजी गरिरहेको बताएका छन् भने झगडाको कारण स्पष्ट भइनसकेको बताइएको छ ।प्रहरी अधिकृतहरुका अनुसार, कुट्ने र कुटिने समूहका व्यक्तिहरु दुवै प्लेब्वाई नामक डिस्कोबाट छाया सेन्टरसम्म पुगेका थिए । त्यहाँ पुगेपछि एक्कासी दुई पक्षबीच हानाहान भएको भन्दै प्रहरीमा जाहेरी परेको छ ।जाहेरी आएपछि दरबारमार्ग प्रहरी पार्किंङ लटको क्लोज सर्किट (सीसी) टीभी फुजेट समेत मगाएको छ । त्यसमा पनि कुटपिट भइरहेको दृश्य देखिन्छ ।

    १० हजार धरौटीमा छुटेलगत्तै गुण्डागर्दी

    सानुभाइले यसअघि १५ असारमा क्लब ओम्यिनामा बसिरहेका बेला त्यसका सञ्चालक राजेन्द्र गुरुङलाई राति २ बजे कुटपिट गरेका थिए । क्लबमा काम गर्ने अन्यलाई पनि कुटपिट गरेको भन्दै प्रहरी कहाँ जाहेरी परेको थियो ।भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको सञ्चालकको आरोप थियो । पक्राउ परेपछि उनलाई काठमाडौं प्रहरीले हत्कडीसहित ठमेल घुमाएको थियो । पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

    प्रशासनले छाड्न आदेश दिए पनि उनले पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएको भन्दै कारागार पठाइएको थियो । पछि छुटेलगत्तै उनी गुण्डागर्दीमा संलग्न भएको देखिएको अधिकृतहरु बताउँछन् ।प्रशासनमा बयान दिँदै उनले बाउन्सरले अपशब्द बोलेपछि रिसको झोँकमा हातपात गरेको जिकिर गरेका थिए ।

    कुमार घैंटे समूहका सदस्य

    प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।उनलाई हत्कडीसहित ठमेल घुमाएका काठमाडौं प्रहरीका यसअघिका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार, २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।

    उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी

    पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं