SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/९ गते
    ६९७ &#२३४६;&#२३३५;&#२३२५;

    सान फ्रानसिस्को, क्यालिफोनिया ।

    आवासिय नेपाली संघ एनआरएनए अमेरिका पश्चिम, क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्रीले आफूले 2023- 25 West coast regional committee chair  १३ राज्यबाट उमेरदार हुदै आवासीय नेपाली संघ अमेरिका पश्चिमको नेतृत्व लिदै गर्दा आफुले गरेको बाचा पुरा भएको भन्दै खुसी ब्यक्त गरेका छन् ।

    खत्री आज सामाजिक सञ्जालमा केहि तस्बिरहरु राख्दै ।मेरो  चुनावको पहिलो अभियान थियो, अमेरिकाको  क्यालिफोर्निया शहर अन्तर्गत  सान फ्रान्सिस्को बे एरियामा सबैभन्दा अगाडि NANC सस्था मिलाउने तर्फ लाग्छु, भनेको थिए ! आज मेरो पहिलो सपना पुरा भएको छ भनेका छन् ।

    खत्रीले यो काममा मूख्य भूमिका खेल्ने बाल कृष्ण आचार्य र राजेश थापा, यज्ञ लाल  श्रेष्ठ, अनिल पाण्डे  पक्ष र बिपक्षमा रहनु भएका प्रीतेश कार्की र कानुन ब्यावसायी यज्ञ नेपाल,  आज एकै ठांउमा हातेमालो  गरेको  खबरले सारा अमेरिकाको बेयरियामा मात्र होइन,  बिश्वका नेपालीहरुको हर्षको दिन भएको समेत सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    हामीसँग कुरा गर्दै खत्रीले भने मिल्ने कुरामा मैले ठुलो भूमिका निर्बाह गरेको अबगत गराउन चाहन्छु ! अमेरिका क्यालिफोर्निया मेरो कर्म भूमि र निवास भएकाले यहाँ सबैलाई निरास बनाउने एउटा सामाजिक  मुद्दा अदालतमा जारी  थियो । समाजलाई नै  बिभाजित  बनाउने  एस्तो  मुद्दाको  पछाडि  जिताउन र  हराउन  भनेर  समर्थन र बिरोध गर्न धेरै साथीहरु  लागि पर्नु  भएको थियो तर सबैलाई अबगत नै छ 

    मुद्दा  हाल्ने    मुद्दा  लड़ने  दुबै  पक्षको  नेतृत्व  समाजका  अगुवाहरुले  गरेका  थिए । तर आज  पूर्ण मिलन  भएको  छ ।मुदा  फिर्ता गर्ने  काम भएको छ । त्यसकारण    बेयरियाको  बसिन्दाको  हिसाबले सम्पूर्ण अमेरिकी बासिन्दा साथै बेयरिया बस्ने मेरा  मान्यजनहरु अब छुटेर् फुटेर जाने होईन,  मिलेर जाने कुरामा विश्वास दिलाउन् चाहन्छु  !  भन्दै निकै खुसि सहित सबैलाई बधाई भनेका छन् ।

    अन्त्यमा खत्रीले लेखेका छन् अब साच्चिकै तन र मन सहित आज एक भएर अगाडि  बढ्न समाजलाई  अग्रगतिमा लैजाऊ ! आजबाट समाजलाई  एकता तर्फ जाने दिन शुरुवात  भएको छ !   बिषेश धन्यवाद प्रितेस कार्कि र यज्ञलाल श्रेष्ठ ज्यू 🙏🏻  आजको धेरै समय देखी समाजमा अल्झीएको  समस्या लाई समाधान गरीयो र मुद्दा मिलेको छ ।  दुवै पक्षलाई धन्यवाद । हामी पनि सबै पक्षलाई बधाई दिन चाहान्छौ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं