SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/५ गते
    ९५१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नमुना आवासीय मा वि कुश्मामा विद्यार्थीका लागि पढाइ सँगै आधारभूत काम र सिपको विकास गर्दै आत्मनिर्भर कार्यक्रम आयोजित गरिएका्े छ । कक्षा ११र १२ मा अध्ययनरत विद्यार्थीका लागि दोश्रो त्रैमासिक परीक्षाको प्रयोगात्मक परीक्षा पुर्णाङ्क २५ का लागि आयोजित वनभोज कार्यक्रम आयोजना गरिएको थियो।कक्षा ११र १२ १५१ जना विद्यार्थीहरुको ६देखि ९ जनाको विभिन्न समुह विभाजन गरि १९ वटा चुल्होमा भिन्दै खानाका परिकार बनाएका थिए।

    पढाइ सँगैअत्यावश्यक आधारभूत काम र सिपको विकास गर्दै स्वावलम्बी तथा आत्मनिर्भर बन्न प्रेरित गर्ने, घर वा बाहिर जाँदा बस्दा आफ्नो खाना तयार गर्न जान्ने समूहमा मिलेर काम गर्ने तथा अन्य नियमित काममा समायोजित हुन सिक्ने, हरेक काम वा श्रमको सम्मान गर्ने, निजी वा सार्वजनिक क्षेत्रका लागि गरिने पेशा व्यवशायमा लगाव बढाउन मद्धत हुने ,स्थानीय खाना वा उत्पादनका वस्तुको उपभोेगमा रुचि बढाउने, पढेका सुनेका पेशा व्यवशायका आधारभूत ज्ञान, कामको महत्व, परिश्रम, खुशीको अनुभव गर्दै सहयोगी भावनाको विकास गर्ने र शिक्षा र उत्पादन, श्रम र सिपको जागरण, विद्यालय र अभिभावक तथा समाजको संबन्ध बढाउने उद्धेश्य का साथ उक्त कार्यक्रम गरिएका ेविद्यालयका प्राचार्य इन्द्रमान खत्रीले बताउनु भयो ।

    सबै छात्र छात्राले बिभिन्न परिकार छनोट भात, पुलाउ, रोटी, बिरियानी, ढिंडो, खीर सहित दाल तरकारी अचार सलाद, माछा, मासुका नेवारी,थकाली परिकार तयार गरि खानु खुवाउनु,अत्यन्तै उत्साहका साथ हरेक टीममा सबैको समान सहभागि तामा मिलेर काम गर्नु ,अङ्क प्राप्तिका लागि मिलेर प्रतिष्पर्धा त्मक रुपमा काम गर्नु, ,खर्चमा अत्यन्तै मितव्ययिता ,हिसाब अभिलेख तयार गर्नु , हरेकले काम गर्न पाएकोमा, जानेकोमा, देखाउन पाएको मा खुशी र उत्साहित हुनु, हरेक विद्यार्थीको आत्मविश्वास, एकापसमा सहकार्य, आदरभाव देखिनु,विद्यालय तथा शिक्षकहरुले उनीहरुको अतिरिक्त क्षमता, मनोविज्ञान, रुचि समेत व्यवहारिक ज्ञान र सिपका बारेमा जानकारी पाउनु आदिकुरा हेर्नलाएक भएको विद्यालयका अध्यक्ष यम प्रसाद शर्माले बताउनु भयो ।

    उक्त कार्यक्रमले शिक्षक विद्यार्थीहरू बिच सम्मान, आदरभाव, जिम्मेवारी बोध , समभाव र माया बढ्ने विद्यालयका उपप्राचार्य खेमराज शर्माले बताउनु भयो । आदि ।साथै भोलि कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरु पनि यसरी नै सहभागी हुनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवको प्रचार प्रसार कार्य सुरु

    पर्वत । यहि माघ १५ देखि २५ गते सम्म पर्वतको कुश्मामा हुन लागेको गण्डकी प्रदेश...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं