SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/४ गते
    ३६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै सहकारी विभागमा प्रदर्शन गरेको छ ।पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन माग गर्दै नेविसंघको केन्द्रीय समितिले आज सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।

    सुप्रिम सहकारी, सूर्यदर्शन सहकारी, सहारा सहकारीको रकम रविले आफू संलग्न भएको गोरखा मिडिया नेटवर्कको खातामा ट्रान्सफर गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको उल्लेख गर्दै समितिले तुरुन्त अनुसन्धान अघि बढाउन विभागको ध्यानाकर्षण गराएको छ ।उक्त सहकारीका बचतकर्ताले ठगिएको जानकारी गराएको बताउँदै ज्ञापनपत्रमा भनिएको छ,‘उक्त सहकारीहरुमार्फत भएको ठगी प्रकरण सम्बन्धमा अनुसन्धान कार्य अगाडि बढाई सत्यतथ्य नआउँदा ठगीको घटना बढ्दै जाने अवस्था हुँदा दोषीलाई कारबाहीमा ल्याउन सहकारी विभागको महत्वपूर्ण भूमिका रहने हुँदा यथार्थता बाहिर ल्याउन तथा दोषी भाग्न नपाउने भनि जोडदार माग गर्दछौं ।’

    ज्ञापनपत्र बुझाउन नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लको नेतृत्वमा अनुराग शाह, ललितपुर जिल्ला अध्यक्ष सरोज खोरासैनीलगायत एक दर्जनको टोली विभाग पुगेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं