SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/४ गते
    ४०६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई उच्च अदालतले पनि थुनामै राख्न आदेश दिएको छ ।

    वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा गत २५ कात्तिकमा पक्राउ परेका श्रेष्ठ र थापालाई ३ मंसिरमा जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध श्रेष्ठ र थापाले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । बिहीबार उच्च अदालतका न्यायाधीश राजप्रसाद भट्टराई र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले जिल्ला अदालतकै आदेश सदर गरेको हो ।

    बलिदानी सहकारीमार्फत १ हजारभन्दा बढी बचतकर्ताको १० करोड रुपैयाँ अपचलन गरेको आरोपमा १५ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । जसमध्ये अध्यक्ष श्रेष्ठ, लेखा समिति सदस्य थापासँगै उपाध्यक्ष राजन लम्साल पनि पुर्पक्षका लागि थुनामा छन् भने ३ जना धरौटीमा रिहा भएका छन् । कोषाध्यक्ष सुवर्णमान नकर्मीलाई डेढ लाख रुपैयाँ र सदस्य डिल्लीराम सिग्देल तथा लालबहादुर घर्ती १÷१ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यो प्रकरणमा अझै ९ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं