SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/२६ गते
    ४५०९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत।पोखरामा ६ वर्षीय एक बालिकालाई ललाइफकाइ गरेर उनको कानको मुन्द्रा र घरमा राखेको खुत्रुकेको पैसा चोरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा ४, गणेशटोल बस्ने ३४ वर्षीय टीका श्रेष्ठ छिन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार श्रेष्ठले पुस २० गते पोखरा महानगर १२, शीतलादेवीमा एक बालिकाको सुनको मुन्द्रा तथा खुत्रुकेमा रहेको २ हजार २४० रुपैयाँ चोरी गरेकी थिइन् । चोरी पश्चात उनी फरार थिइन् ।

    डीएसपी विकले श्रेष्ठलाई चोरी गरेको २ थान मुन्द्रा र रकमसहित पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार बालबालिका तथा महिलालाई ललाइफकाइ ठगेको आरोपमा उनले यसअघि पटके कारबाही भोगिसकेकी छिन् । उनले यसअघि पनि पटकपटक गरेर १२ जनाभन्दा बढीको सुनका गरगहना चोरी गरेको आरोपमा कैद भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।

    चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ९ महिना कैद सजाय र २८ हजार जरिवाना तिरेर रिहा भएपछि पुनः सोही काममै फर्किएको खुलेको प्रहरीले जानकारी दिएको छ ।‘अहिले पनि जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ,’ डीएसपी विकले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवको प्रचार प्रसार कार्य सुरु

    पर्वत । यहि माघ १५ देखि २५ गते सम्म पर्वतको कुश्मामा हुन लागेको गण्डकी प्रदेश...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं