SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/२५ गते
    ६२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। सत्तारुढ दलले गठन गरेको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय कार्यान्वयन समितिले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन सातै प्रदेशमा र ७७ वटै जिल्ला तहसम्म समिति गठन गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको समितिको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका सझा उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको निश्कर्ष निकाल्दै जिल्ला तहसम्मै समिति गठन गर्ने निर्णय गरेको हो ।

    सत्तारुढ गठबन्धन दलले गठन गरेको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय कार्यान्वयन समितिको संयोजक नेपाली कांग्रेसका रमेश लेखक रहेका छन् । त्यसैगरी सदस्यहरुमा माओवादी केन्द्रबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जसपाबाट मनिष सुमन रहेका छन् ।

    आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ दलहरुले गठबन्धन बनाएका छन् । गठबन्धन गरेर गएका सत्तारुढ दलहरु कांग्रेसले १० सिटमा, माओवादीले ६ सिटमा, एकीकृत समाजवादीले २ सिटमा र जसपाले १ सिटमा उम्मेदवार उठाएको छ ।चार दलहरुले साझा उम्मेदवार उठाएर अगाडि बढ्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सबै प्रदेशमा अल्पमतमा परेको छ । एमालेले भने निर्वाचन हुने १९ वटै सिटमा उम्मेदवार उठाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं