SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/२१ गते
    ४५३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले नेकपा (एमाले) ले अरु दललाई राष्ट्रघाती बनाएर आफू राष्ट्रवादी बन्न खोजेको टिप्पणी गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भएका सम्झौतालाई लिएर एमाले र एमालेका नेताहरुले भ्रम फैलाउने काम गरेको उनको भनाइ छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतसँग भएको सम्झौताको विरोध गर्दैगर्दा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दूतावास, परराष्ट्र मन्त्रालय र सरकारका कुनै संरचनाहरुलाई जनकारी नदिई सत्ता जोगाउन राति १२ बजे भएका भेटहरुलाई पनि बिर्सन नहुने बताए ।

    उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका बेला १० हजार मेगावाट विद्युत १० वर्षमा खरिद गर्ने गरी भएको सम्झौता नेपाल र नेपाली जनताको हितमा रहेको दाबी गरे । उनले यसलाई महत्वपूर्ण कदमको संज्ञासमेत दिए ।‘एस जयशंकर नेपाल आउनु भयो । १० हजार मेगावाट विजुली भारतले १० वर्षमा किन्ने भनेको छ । यो नेपाली जनता र नेपालको विकासका निम्ति एउटा महत्वपूर्ण कदम हो,’– उनले भने ।

    केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल–भारतको सम्बन्ध तिक्ततापूर्ण बनेको दाबी गर्दै उनले पछिल्लो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा र त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि छिमेकीसँग एमालेले बिगारेको सम्बन्धमा सुधार भएको बताए । एमालेले बाहिर आफूलाई राष्ट्रवादी देखान भारतको विरोध गरेपनि एमालेका नेताहरु, उनका छोराछोरीहरु दूतावासको सिफारिसमा कति भारतमा पढिरहेका उनको आरोप छ ।

    पछिल्लो पटक एमालेका नेताहरु सत्ता नपाएर विछिप्त बनेको उनको टिप्पणी छ । ‘आलुविना तरकारी नबन्ने र सत्ता विना एमाले बस्नै नसक्ने’ उनको टिप्पणी छ । एमालेले टिआरसी विधेयकलाई बार्गेनिक टुल बनाएको उनको आरोप छ । प्रचण्डसँग दिनकै चार पटक भेटेर ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग खोजेको उनले बताए । एमाले आफैंमा लम्पसारवादी पार्टी भएको उनको आरोप छ । बाहिर भारतको विरोध गर्ने र फेरि मुखमा मास्क लगाएर भारतीय दूतावासमा पुग्ने एमालेको चरित्र रहेको उनको टिप्पाणी छ ।

    ‘एमाले दिनभरी मिडिया र संसद्मा गाली गर्ने, राति लैनचौरमा गएर खुट्टा समात्ने पार्टी हो । अहिले यहाँ गाली गर्ने, फेरि मुखमा मास्क लगाएर डौडिएर दूतावासमा पुग्ने पार्टी हो,’– उनले भने ।भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु नेपाल र नेतपाली जनताको हितमा रहेको उनको दाबी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं