SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/२१ गते
    ३२० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने बताएका छन् ।नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार ललितपुरको सानेपामा गरेको कार्यक्रममा उनले संसदको आगामी अधिवेशनमा सार्वजनिक खरिद ऐनको संशोधन विधेयक पेश गर्ने बताएका हुन् । संशोधन गरेर सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउने उनको भनाइ छ ।

    नयाँ खरिद ऐन आउँछ । अहिलेको समसामयिक सन्दर्भहरुलाई सम्बोधन गर्नेगरी विकासमैत्री ऐनको रुपमा हामीले ल्याउँदैछौं । केही समय पछि हामी त्यो पार्लियामेन्टमा पेश गर्छौं’, उनले भने ।आफू मन्त्री हुनेवित्तिकै सार्वजनिक सडकसम्बन्धी कानुन र सवारी तथा यातायातसम्बन्धी कानुनलाई नयाँ रुपमा अगाडि बढाउन प्रयास गरेको मन्त्री ज्वालाले बताए ।

    यातायात व्यवसायीहरुका सवालहरु, लाइसेन्सका विषयहरु, मजदुरको विषयहरु, यी तमाम विषयहरु यसमा समावेश गर्नेगरी त्यो ऐनलाई हामी छिटोभन्दा छिटो अगाडि बढाउने गरी प्रयास गरिरहेका छौं र त्यस सम्बन्धमा हामी फाइनल गर्नुभन्दा पहिले हामी व्यवसायीसँग पनि छलफल गर्छौ, मजदुरसँग सम्बन्धित संगठनहरुसँग पनि छलफल गर्छौ । विज्ञहरुसँग छलफल गर्छौं’ उनले भने ।यातायात क्षेत्रमा देखिएका धेरै समस्या कानुनी रुपमा नै समाधान गर्नुपर्ने भएकाले यस कामलाई प्राथमिकतामा राखिएको मन्त्री ज्वालाको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं