SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/१९ गते
    ९४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलबीच भागबण्डाको विषयलाई नेकपा (एमाले) को प्रस्तावले पेचिलो बनाइदिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन आग्रह गरेको कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठकमा ब्रिफिङ गरेपछि गठबन्धन दलबीच शंका उपशंकाको वातावरण निर्माण भएको छ ।

    भागबण्डा टुङ्ग्याउन विगत तीन दिनदेखि गठबन्धन दलका शीर्ष नेताहरु लागिपरेका छन् । तर, एमालेको प्रस्तावले गठबन्धन दलमा दरार ल्याइदिएको छ । नेकपा (एकीकृत समाजवादी) ले एमालेलाई पनि भाग दिने कुरा ठाडै अस्वीकार गरेको छ । एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेले एमालेको प्रस्तावको आशयमाथिनै आशंका व्यक्त गरे । उनले एमालेको प्रस्तावको भित्रि अन्तर्य गठबन्धन दलबीचमा छलफल भएरमात्रै निर्णयमा पुग्नुपर्ने बताए ।

    नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले पनि दाहाल र ओलीको सहकार्यको प्रयासमा असन्तुष्टि जनाएका छन् । उनको दलका नेताहरुले ओलीको प्रस्ताव कुन ढंगले आएको हो भनेर बुझ्नुपर्ने बताउँदै आएका छन् ।त्यस्तै, नेपाली कांग्रेसमा पनि प्रचण्डको ब्रिफिङले तरङ्ग ल्याइदिएको छ । २०७९ पुस १० गते ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड फेरि एमालेसँग नजिकिएर सरकारको नेतृत्व गर्न नदिने कुनै षड्यन्त्र त भइरहेको छैन भन्ने चिसो कांग्रेसका नेताहरुमा परेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं