SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/१६ गते
    ४९२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनामा मृतकका परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । कोरिया भाषा परीक्षा विवादमा प्रदर्शनमा उत्रिएका युवामाथि उक्त घटनामा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

    आज (सोमबार) पीडित परिवार र गृहमन्त्रालयका प्रतिनिधिबीच चार बुँदे सहमति भएको हो । सहमतिमा पीडित परिवारलाई रोजगारी दिनेदेखि मृतकलाई सहिद घोषणा गर्न पहल गर्नेसम्मका बुँदाहरु समावेश गरेका छन् । पीडित परिवारले आजै लास बुझ्नै र सम्बन्धित गृह जिल्ला पठाइने बताइएको छ ।

    भाषा परीक्षा विवादमा प्रदर्शन भइरहँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सोही बाटो आएपछि घटनाले उग्र रुप लिएको थियो । प्रर्दशनकारीहरुले मन्त्रीको गाडीमा समेत आगजानी गरेका थिए । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजै बसेको बैठकलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले समेत मन्त्री ज्वालाका कारण घटना घटेको दाबी गरेका छन् । मन्त्री ज्वालाको राजीनामासमेत मागिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं