SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/१४ गते
    ४२९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले युवालाई रोजगारी होइन सरकारले गोलीको उपहार दिएको टिप्पणी गरेका छन् ।शनिवार देखि शुरु भएको १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कुश्मामा उद्घाटन गर्दै गिरीले सरकारले युवालाई स्वदेशमै रोजगारी दिने योजना सार्वजनिक गर्नुको सट्टा रोजगारीका लागि विदेश जान्छु भन्दा गोली बर्षाएको भन्दै आक्रोस ब्यक्त गरे ।

    कोरिया भाषा परिक्षा दिनुपाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका युवाहरु माथि सरकारले अन्धाधुन्ध गोली बर्षाएको भन्दै गिरीले स्वदेशमा रोजगारीको ग्यारेन्टी नभएसम्म युवा पलाएन अझै बढ्ने बताए । उनले युवालाई गाली हान्ने सरकारको कामको निन्दा गर्दै खेलकुदको क्षेत्रबाट युवाहरुले देशलाई विश्व बजारमा चिनाईरहेको बताए ।गिरीले नेपालको शिर विश्वसामु उचो बनाउन सफल खेलाडीहरु नै भएको बताउँदै तीनै तहका सरकारले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

    बिद्यालय तहदेखिनै खेलाडी उत्पादन गर्न सकेमा भविष्यमा नेपाल खेलकुद खेल पर्यटनवाटै विश्वमा परिचिति हुने उनको भनाई थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी लगायतले बोलेका थिए ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन साजन श्रेष्ठले गरेका थिए ।

    शनिवार र आईतवार संचालन हुने प्रतियोगितामा जिल्लाका सातवटै पालिकामा संचालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट बनेका सयौ खेलाडीहरु सहभागि छन् । जसमा छात्र तथा छात्रा भलिवल, दौड तथा एथलेटिक्सका खेलहरु हुने भएका छन्

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं