SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/१३ गते
    ५०७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । उच्च अदालत, पाटनले कोरियन पानी जहाज कम्पनीको कामदारका लागि भाषा परीक्षा दिएकाहरुलाई उत्पादनमुलक कामदार छनोटको भाषा परीक्षामा सहभागी हुन दिन आदेश दिएको छ ।न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले रिट निवेदक र उनीहरु सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरुलाई आवेदनमा सहभागी गराउन आदेश दिएको हो ।

    पानी जहाज निर्माण क्षेत्रका कामदारका लागि ईपीएस कोरिया शाखाले साउनमा आवेदन लिइएको थियो । त्यसअनुसार परीक्षा भएर ३ हजार ९८९ जनाले नाम निकाले ।

    १९ मंसिरमा उत्पादनमुकल क्षेत्रको कामदारका लागि हुने भाषा परीक्षाको सूचना निस्कियो, जसमा आवेदकको योग्यतामा २०२३ भित्र भाषा परीक्षाका लागि आवेदन नदिएको हुनुपर्ने उल्लेख थियो । यसले पानी जहाज निर्माणतर्फ भाषा परीक्षाका लागि आवेदन दिएकाहरु यसमा फरम भर्न नै अयोग्य भए ।यसविरुद्ध तर्कबहादुर पल उच्च अदालत, पाटन गए । ईपीएस कोरिया शाखाले राखेको शर्तले रोजगार तथा श्रमको हक र संविधान तथा अन्तराष्ट्रिय कानुनले प्रत्याभूत गरेको मौलिक हकमा आघात पुगेको निवेदकको तर्क थियो ।

    वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले भने २५ मंसिरमा विज्ञप्ति निकालेर यो विवामा सम्बन्धित निकायसँग छलफल गरिरहेको र निष्कर्ष आउनसाथ सूचना निकालिने बतायो । यसले विवाद समाधानका लागि विपक्षीबाट प्रयास भएको नदेखिएको र उनीहरुलाई फरम गर्न बञ्चित गर्नु अपुरणनीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट मनासिव नभएको अदालतका ठहर छ ।

    अदालतले निवदेक र निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरुलाई २०८० मंसिर १९ को सूचना बमोजिम २ पुसबाट खुला भएको आवेदन फारम भर्न रोक नलगाउन र परीक्षा आवेदन फारम भर्न दिन आन्तरिम आदेश दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं